ऐतिहासिक शिखर वार्ताका लागि किम जोंग उन दक्षिण कोरियामा

बीबीसी,१४ बैसाख ।

उत्तर कोरियाका नेता किम जोंग उन दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग ऐतिहासिक शिखर वार्ताका लागि दक्षिण कोरिया पुगेका छन् ।

सन् १९५३ मा कोरियाली युद्धपछि (जब कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएका थिए) दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जोंग उन पहिलो उत्तर कोरियाली नेता बनेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति मून–जे इनले दुई देशबिच शिखर बैठक सुरु हुनुअघि नाकामा स्थानीय समानुसार बिहान साढे ९ बजे किमलाई स्वागत गरेका थिए । दुबै नेतालाई एउटा परम्परागत कोरियाली सम्मान गराद दिइएको थियो र दुई देशको राष्ट्रियगान बजाइएको थियो ।

सांकेतिक कदमहरुले भरिपूर्ण एउटा पल थियो जब किम र मूनले दुबै देशको गैरसैनिक क्षेत्रमा हात मिलाए ।

दक्षिण कोरियाली राष्ट्रपति मूनले पनि उत्तर कोरियाली भूमिमा पाइला टेके, जुन अपेक्षा नगरिएको एउटा पल थियो ।

समाचार एजेन्सी एफपीका अनुसार मूनले किमलाई भने, ‘तपाईंलाई भेट्न पाएकोमा खुसी छु ।’

Loading...