योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष काठमाडौंबाट अपहरण शैलीमा गिरफ्तार !

काठमाडौं, १३ बैसाख ।

नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष विवसलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको छ ।

विवसलाई बिहिबार काठमाडौंको कपनबाट पक्राउ गरिएको रेड फोर्सले जनाएको छ । तर पक्राउ गर्नुको कारणबारे प्रहरीले केही खुलाएको छैन ।

पछिल्लो समय नेकपा नेता कार्यकर्ताहरु माथि प्रहरीले धरपकड ब्यापक बनाएको छ । राजनैतिक आस्था राखेकै आधारमा नेकपाका समर्थक, शुभचिन्तकहरुलाई समेत प्रहरीले खोज तलासी गरेर गिरफ्तार गर्न थालेको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी उपत्यका बिशेष ब्युरोले प्रहरीले आफ्नो पार्टीका नेता कार्यकर्तामाथि दमन गरेको भन्दै त्यसको विरोध तथा भत्र्सना गरेको छ ।

सरकारले गैर न्यायीक तरिकाले धरपकट एवं राज्य आतंक मच्चाएको उपत्यका बिशेष ब्यूरोका इन्चार्ज प्रज्वलले बताएका छन् । घरमा बसिरहेका, बाटोमा हिडिरहेका, व्यक्तिगत काम गरिरहेकाहरुलाई पनि प्रहरीले आस्थाकै आधारमा पक्राउ गरेको भन्दै उनले बिरोध जनाएका हुन्।

प्रहरीले नेकपाका नेता कार्यकर्ताहरुको घरहरुमा छापा मार्ने मात्र नभई उनीहरुका आफनन्तजनहरुका घरहरुमा समेत छापा मार्ने, आतंकित पार्ने र दुःख दिने गरेको पनि उनको भनाई छ ।

प्रहरी प्रशासनलाई उक्त हर्कत बन्द गर्न आग्रह गर्दै आफ्ना पक्राउ गरिएका नेता–कार्यकर्ता बिनाशर्त तत्काल रिहा गर्न माग नेकपाले माग गरेको छ ।

बुधबार मात्रै नेकपाका ललितपुर बिपिन र मकवानपुर सेक्रेटरी वाट, अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव प्रकाश शाहीसहित आधा दर्जन नेताहरुलाई बिना कारण प्रहरीले गिरफ्तार गरेको छ ।

Loading...