काठमाडौँ महानगरको पैदल यात्रु अनुशासन अभियान

    

      बैशाख ११ ,काठमाडौँ / काठमाडौँ महानगरले सडक प्रयोगकर्ता अनुशासन सचेतना अभियानको थालनी गरेको छ । निश्चित स्थान बाट पैदल यात्रुले सडक प्रयोग नगर्नाले सवारी जाम हुने र दुर्घटना समेत हुने गरेको छ । प्रत्येक आइतबार महानगर प्रहरीले उपत्येकाका विभिन्न स्थानमा सडक प्रयोग कर्तालाई जथाभाबी बाटो काट्ने पैदल यात्रुलाई जेब्रा क्रस बाट बाटो काट्ने , सडक पेटी बात मात्रै हिड्ने लगाएत सचेतना अभियान थालेको नगर प्रहरी महाशाखा प्रमुख बिष्णु प्रशाद जोशीले बताउनु भयो ।
पहिलो चरणमा थापाथली ,तिर्पुरेश्वोर ,सुन्धारा ,रत्नपार्क ,जमल गर्दै आएको आइतबार बागबजार , महाराजगंज ,लैनचौर ,गोंगबु ,धुम्बाराही आदि स्थानहरुमा अभियान थालेका थिए ।
नगरीलाई अनुशासन र सचेताना दिने उदेश्यले थालिएको यो अभियान प्रत्येक दिन गर्दा अझै प्रभावकारी हुने भएता पनि जनशक्तिको अभाबले सप्तामा एक पटक मात्र संचालन गर्न सकेको नगर प्रहरी निरिक्षक पूर्ण चन्द्र भट्टले बताउनु भयो ।
अधिराज्य भरि सडक दुर्घटनामा ४० प्रतिशत सडक प्रयोग कर्ता पैदलयात्रुको लापरवाहीले हुने गरेको पाइन्छ । नागरिकलाई कानुनबमोजिम कारवाहीको दायरामा ल्याउनु अघि प्रचलित व्यवस्थामा भएको प्रावधानका विषयमा जानकारी दिन यस प्रकारको अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ ।  

Loading...