टोरन्टोमा भ्यानको ठक्करबाट १० जनाको मृत्यु, १५ घाइते

काठमाडौं, ११ वैशाख ।

क्यानडाको टोरन्टो शहरमा एक व्यक्तिले भ्यानमार्फत पैदलयात्रीलाई ठक्कर दिँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार व्यस्त सडकमा चालकले फुटफाथमा हिँडिरहेका व्यक्तिहरुलाई सेतो भ्यानले ठक्कर दिएका थिए । फेरि भ्यानलाई सडकमा ल्याएका थिए । घटनालगत्तै फरार भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

यो घटना योङ्ग स्ट्रिट र फिन्च एभिन्यूमा स्थानीय समयअनुसार सोमबार दिउँसो साढे १ बजे भएको हो । घटनालगत्तै मेट्रो सेवा केही समय बन्द गरिएको छ । घटनास्थल वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

क्यानडाको टेलिभिजन च्यानल ग्लोबल न्यूजका अनुसार ८ देखि १० जनाको मृत्यु भएको बताइए पनि अझै मृतकको संख्या स्पष्ट भइसकेको छैन ।

Loading...