नयाँ शक्ति नेतृ भण्डारीसहित १७५ नेता कार्यकर्ताद्वारा पार्टी परित्याग

काठमाडौँ, १० बैसाख ।

नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुरामलाई फेरी झट्का लागेको छ । एकपछि अर्को गर्दै नयाँ शक्तिका नेताहरुले पार्टी परित्याग गर्न थालेका छन् ।

सोमबार मात्रै नयाँ शक्ति पार्टीकी नेतृ तथा पूर्वराज्यमन्त्री लीला भण्डारीले पार्टी परित्याग गरेकी छिन । साथै उनि सोमबार नै एमाले प्रवेश गरेकी छन्।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीबाट निर्वाचित भएकी भण्डारी पछिल्लो समय डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा थिइन् ।

भण्डारीसँगै पूर्वराजदूत माया शर्मा, पूर्वसभासद सुकदैया चौधरीलगायत १७५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

प्रवेशीहरुलाई एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमाले प्रवेश गराएका छन् ।

पूर्वमन्त्री भण्डारीले राजनीतिक परिवर्तनको लागि आफूले माओवादी जनयुद्धमा लागेर योगदान गरे पनि अब आर्थिक समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक देखेर एमाले प्रवेश गरेको बताइन् ।

Loading...