एमाले-माओवादीको संयुक्त कार्यक्रममा झण्डै मारामार (भिडियो)

काठमाडौं,९ वैशाख । एमाले-माओवादीको संयुक्त कार्यक्रम सुरु नहुदै लफडा सुरु भने सुरु भएको छ ।

राष्ट्रिय सभागृहमा पार्टी एकता संयोजन समितिले आयोजना गरेको नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको कार्यक्रमको व्यानरमा मार्क्स र लेनिनको तस्बिर नभएको भन्दै माओवादी निकटहरुले नाराबाजी गरेए । विरोध भएपछि व्यानरलाई हटाइएको छ ।

लेनिन जयन्तीको अवसर पारेर एमाले-माओवादीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर छुटेपछि २ पार्टीको ‘लाज’ भएको छ ।

बोर्डमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारीको मात्र तस्वीर देखिएपछि धेरैलाई आश्चर्यमा मात्रै पारेन खिन्न र खल्लो पनि बनायो । त्यहाँ बोर्डमा केपी ओली र प्रचण्डका ठूला तस्वीर भने प्रष्ट देखिए ।

लेनिन जयन्तीको कार्यक्रममा लेनिनकै तस्वीर नदेखिएपछि हलमा उपस्थित माओवादी केन्द्रका कार्यकर्ताले नाराबाजी गरेका छन् । उनीहरुले नेतृत्वको खिल्ली न उडाएका छन् ।

कार्यकर्ताको लगातार नाराबाजीगरेपछि आयोजकले उक्त बोर्ड हटाएको छ । माओवादी कार्यकर्ताले माओको तस्वीर नराखेकोमा पनि विरोध जनाएका थिए । माओवादी कार्यकर्ताहरुले यसलाई सामान्यरुपमा लिन नसकिने बताएका छन् । एमाले कार्यकर्ताहरुले उक्त फोटो हटाएको माओवादी कार्यकर्ताहरुको आरोप छ ।

कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने बताईएको छ । तर कार्यक्रम सुरु नहुदै खल्लो भएको भन्दै केहि माओवादी कार्यकर्ताहरु भने हलबाट बाहिरिएका छन ।

माओवादीले आफ्नो कार्यक्रममा कार्ल मार्क्स, ए‌ंगेल्स, लेनिन, स्टालिन र माओको तस्वीर राख्ने गरेको छ । आज सबै नेपाल कम्युनिस्ट पार्टीसहितका अन्य माओवादी पार्टीहरुले लेनिन जयन्ती मनाइरहेका छन् ।

हेर्नुहोस् भिडियो

Loading...