कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनालाई

काठमाडौँ, ९ बैसाख ।

स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ ।

गएराति भएको फाइनलमा सेभियालाई ५-० को फराकिलो गोल अन्तरमा हराउँदै बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रे को उपाधि जितेको हो ।

किङ्स कप कोपा डेल रे फुटबल प्रतियोगिता समग्रमा भने बार्सिलोनाको यो ३० औं उपाधि हो । बार्सिलोनालाई जिताउन लुइस सुवारेजले २ तथा लियोनेल मेस्सी, आन्द्रे इनिएष्टा र कौटिन्होले १-१ गोल गरेका थिए ।

सेमिफाइनलमा एथ्लेटिको मड्रिडलाई हराएर प्रतियोगिताको फाइनल पुगेको सेभिया फाइनलमा भने बार्सिलोना सामु निरीह देखियो ।

Loading...