१४ घण्टापछि त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु

काठमाडौं, ७ बैसाख ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति मालिन्दो एयरको जहाज दुर्घटनामा परेको छ ।

उक्त दुर्घटनापछि बन्द भएको अन्तर्राष्ट्रिय विमानस्थलको नियमित उडान १४ घण्टाअप्ची मात्रै सुरु भएको छ। बिहिबार बेलुका ९ बजेर ४५ मिनेटमा एयर मालिन्दोको विमान रनवेबाट चिप्लिएर घाँसे मैदानतिर हानिएपछि ‘रनवे’ बन्द भएको थियो।

शुक्रबार बिहानबाटै आन्तरिक तर्फको केही उडान सुचारु गरिए पनि अन्तराष्ट्रिय तथा आन्तरिक केही उडान भने १४ घण्टापछि मात्रै सुरु भएको हो । त्रिभुवन विमानस्थलको जाँच पछि उडान सुरुवात गरिएको प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।

विमानस्थलमा नेपाल बाहिर जाने ८ उडानमा गए रातिदेखि होल्डमा थिए। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको ३/३ उडान होल्डमा छन्। त्यस्तै कतार र ओमन एयरका १/१ उडान पनि होल्डमा राखिएका थिए।

ठाकुरका अनुसार नेपाल आएका विमानलाई कलकत्ता डाइभर्ट गरिएको थियो। विमानस्थल सुचारु भएसँगै चाइना साउदर्नको विमानले कोलकत्ताबाट काठमाडौँंका लागि उडान भरिसकेको छ। मालिन्दो एयरको विमान भने बुद्ध एयरको ह्याङगर नजिक जुलियट भन्ने एरियामा राखिएको छ।

ड्नका लागि धावनमार्गतर्फ गुडिरहेको मालिन्दो एयरको अगाडिको जहाजको टायरमा समस्या आएपछि गएराति विमानस्थलको रनवे (धावनमार्ग)बाट चिप्लिएर ४० मिटर पर पुगेको थियो। विमानस्थल प्रशासनले जमिन छोड्नै लागेको जहाजमा ब्रेक लगाउनु परेकाले जहाज अनियन्त्रित भइ चौरमा पुगेको प्रारम्भिक अध्ययनबाट देखिएको जनाएको छ।

यसैबीच त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालन हुने भएको छ। विमापनीले चाहेमा त्रिभुवन विमानस्थल चौविसै घन्टा सञ्चालनको अनुमति दिने बताईएको छ।

अहिले विमानस्थलको अवस्था सामान्य छ ।  यसअघि फागुन २८ गते बंगलादेशको ढाकाबाट काठमाडौँका लागि आएको युएस–बंगला विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा नेपाली र बंगलादेशीसहित ५१ जनाको ज्यान गएको थियो ।

Loading...