राजोपाध्याय समाजको जिल्ला समन्वय समिति गठन

काठमाडाैं । नेवाः समुदायमा सनातनी धर्मावलम्बिहरुको गुरु पुरोहितको रुपमा परिचित राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजको जिल्ला समन्वय समितिहरु गठन भएका छन्् । समाजले उपत्यकाका तिनै शहरमा जिल्ला समन्वय समिति गठन गरेको हो ।

यहि क्रममा आज समाजले जिल्ला समन्वय समिति, काठमाडौं गठन गरेको छ । गएको आइतबार समाजले काठमाडौंका सदस्यहरुको भेला आयोजना गरेर विरु सुवेदी राजोपाध्यायको संयोजकत्वमा सात सदस्यीय काठमाडौं समिति गठन गरेको हो । काठमाडौं भेलाले सर्वसम्मत रुपमा चयन गरेको समितिमा सचिवमा सुजित राजोपाध्याय र कोषाध्यक्षमा विभुषा राजोपाध्याय रहनुभएको छ । यसैगरी सदस्यमा विद्या राजोपाध्याय, राजीव राजोपाध्याय, लूजः राजोपाध्याय र सुरभी राजोपाध्याय हुनुहुन्छ ।

भेलामा नव्य न्यायाचार्य उपेन्द्रभक्त सुवेदी (गोविन्द भक्तानन्द राजोपाध्याय), अर्थविद्् लक्ष्मणराज राजोपाध्याय, नापी विभागका पूर्व महानिर्देशक रविनकाजी शर्मा राजोपाध्यायले समाजलाई सबल बनाउन सामाजिक रुपमा संगठित भइ शैक्षिक, आर्थिक रुपमा पनि सक्षम बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

सो भन्दा अगाडि समाजको भक्तपुर भेलाले जिल्ला समन्वय समिति भक्तपुर र ललितपुर भेलाले जिल्ला समन्वय समिति ललितपुर गठन गरीसकेको छ । भक्तपुर भेलाबाट वन्दना शर्मा राजोपाध्यायको संयोजकत्वमा ९ सदस्यीय समिति सर्वसम्मतले चयन गरेको थियो । समितिमा माधुरी शर्मा राजोपाध्याय सचिव, विजया शर्मा राजोपाध्याय कोषाध्यक्ष हुनुहुन्छ भने सदस्यमा गिरीश शर्मा राजोपाध्याय, स्वस्तिका राजोपाध्याय, चेतनराज राजोपाध्याय, रसिक राजोपाध्याय, मिला राजोपाध्याय र प्रीतमराज राजोपाध्याय हुनुहुन्छ ।

यसैगरी ललितपुर भेलाले उद्धव आचार्य राजोपाध्यायको संयोजकत्वमा सात सदस्यीय समिति सर्वसम्मतमै चयन गरेको थियो । ललितपुर समितिमा भने सचिवमा त्रिलोचन राजोपाध्याय, रुविना राजोपाध्याय कोषाध्यक्ष, सदस्यमा महेशबाबु राजोपाध्याय, विजेश राजोपाध्याय, बुनु शर्मा राजोपाध्याय र नीरज राजोपाध्याय हुनुहुन्छ ।

समाज गठन भएको एक दशक वितिसकेको अवस्थामा नयाँ ढंग र गतिबाट समाजलाई अगाडि बढाउन जिल्ला समन्वय समिति गठन गरिएको अध्यक्ष अमरराज शर्मा राजोपाध्यायले बताउनुभयो । समाजलाई सबल बनाउन समाज अझ सशक्त ढंगले अगाडि बढ््ने अध्यक्ष राजोपाध्यायको भनाई थियो ।

Loading...