नेपालमा रेल ल्याउन चीन सहमत

काठमाडौं ।

नेपाल र चीन महत्वकांक्षी परियोजना वान बेल्ट वान रोड (ओबर) मार्फत क्रस–हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमत भएका छन् । चीनले यसमा सहभागी हुने अर्को छिमेकी भारतलाई पनि आहृवान गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा भएको वार्तामा ओबरमा पर्ने परियोजनाको सूची सार्वजनिक गर्ने सहमति पनि भएको छ ।

भेटपछि चिनियाँ विदेशमन्त्री वाङले भने, ‘हामीलाई विश्वास छ जब यो बन्छ, यसले चीन, नेपाल र भारतबीच आर्थिक करिडोरका लागि वातावरण बनाउँछ ।’

अघि भने, आशा छ, यस्तो सहकार्यले तीन देशको विकास र समृद्धिमा सहयोग गर्नेछ ।’ नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच नेपाल र चीनलाई जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ ।

परराष्टमन्त्री ज्ञवालीले भने, ‘नेपालबाट आधुनिक रेल चढेर हिमालको प्राकृतिक सौदर्य अवलोकन गर्दै चीन आउने मेरो सपना छ ।’ चीनले नेपालको विकासका लागि दुई ठूला छिमेकीबीच साझा धारणा हुनु पर्नेमा जोड दिएको छ ।

विदेशमन्त्री वाङले भने, ‘मलाई लाग्छ, चीन, नेपाल र भारत प्राकृतिक रुपमा नै मित्र र साझेदार हुन् । हामी एकै पहाड र नदीसँग जोडिएका छिमेकी हो । जसरी हामी चीनमा भन्छौं, परिवारका सदस्य र छिमेकीले एकअर्काको भलो चाहन्छन् ।’

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल चीन सम्वन्ध नयाँ सुरुवातको विन्दुमा पुगेको बताए । उनले भने, नेपालले आपसी विश्वास बढाउन काम गर्छ र भौतिक पूर्वाधार, ब्यापार, पर्यटन, संस्कृतिलगायतका क्षेत्रमा ‘विन विन’ सहमतिका लागि काम गर्छौं ।’

Loading...