भारतीय दुतावासमा बम विस्फोट, यस्तो छ क्षतिको विवरण

काठमाडौं, ३ बैसाख । 

अनुमतिविना वर्षाैदेखि सञ्चालनमा रहेको विराटनगरस्थित भारतीय राजदूतावासको कार्यालयमा बम बिस्फोट भएको छ ।

सोमबार राति विराटनगर महानगरपालिका-१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयमा बम विष्फोट भएको हो ।

साँझ आठ बजेर १५ मिनेटमा भएको बम विष्फोटबाट कार्यालयको पर्खाल भत्किएको छ । मोरङ प्रहरीले बम विष्फोटबाट कार्यालयको पर्खालमा क्षति पुगेको जानकारी दिएको छ ।

मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको सुरुवाती अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनामा संग्लनहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

अनुमतिविना वर्षाैदेखि विराटनगरमा सञ्चालनमा रहेको उक्त कार्यालय हटाउन बेला बेला आवाज उठेपनि नेपाल सरकारले भारतसँग हटाउनका लागि पहल गरेको छैन्।

Loading...