बिषधारी नाग मारिएको खुसियालीमा बिस्का जात्रा

बिस्केट जात्राको वास्तविक नाम बिस्का जात्रा

   

    चैत ३० ,काठमाडौँ / भक्तपुरको सबैभन्दा महत्वो पूर्ण बिस्केट जात्राको वास्तविक नाम बिस्का जात्रा हो । सौर्यमासको आधारमा मनाइने देशको एकमात्र बिस्का जात्रा भक्तपुरको मां ख्यामा चैत्र मसान्तमा ३२ हाते लिङ्गो ठड्याएर बैसाख १ गतेका दिन विधिवत ढल्ने परम्परा लिक्ष्वीकाल देखि चलिआएको छ ।

बिष धारी नाग मारिएको हर्ष उल्ल्हस सहित योपर्व मनाइने जनविश्वास रहेको पाइन्छ । योजत्राको विभिन्न रमाइला आख्यानहरु रहेको छ । कुनै समयेमा भक्तपुरकि राजकुमारी जो संग बिहे गर्छ उ अर्को बिहानी राजा घोषणा गर्न नपाउदै मृत्यु हुन्थ्यो । राजाबिनाको यो देसमा राजकुमारी संग बिहे गरि राजा बन्ने इछ्या हुने कोहि नपाए पछि सबै चिन्तित हुनु स्वभाविकै थियो । सबैको सल्लहा मुताबिकै यो घतना नसुनिएको धेरै टाढा राजा बन्ने ब्येक्ति खोज्दै जाँदा एक ब्येक्ति राजी हुन्छ । तर आफुलाई नै किन प्रस्ताब राखियो भन्ने बारेमा त्यस ब्येक्तिले मनमा अनेक सोच्छन् । निडर त्येस ब्येक्तिको बिहे राजकुमारी संग हुन्छ । त्येस रात निकै सोचमा रहेका उनले अचानक राजकुमारीको नाखबाट बिस्तारै सानो सर्प निस्की बिशाल भयानक अजिङ्गरको रुपमा देख्छ । निडर ति बहादुरले खड्ग प्राहर गर्दै तिन टुक्रा परि कातिदिन्छ ।
बिहान दरवाका भादारहरु रगतको धारा कोठाको ढोका बाट निस्किदै देखेर निकै डराउछ । कोठाको ढोका बिस्तारै खोल्दै सकुशल ति बहादुर बाहिरिन्छ । बिष धारी नाग मारिएको खुसियालीमा ३२ हात लामो नागको प्रतिक नगपात लिंगोमा थद्याइ कालान्तरमा बिस्का जात्राको रुपमा मनाउन थालिएको किम्वदन्ती रहेको छ ।

Loading...