योक्काइची शहरमा पनि ओभरसिज रेमिटको शाखा बिस्तार

जापानभरी आफ्नो संजाल बिस्तार गर्ने क्रममा ओभरसिज रेमिटले मिए केनको योक्काईची शहरमा पनि आफ्नो शाखा विस्तार गरेको छ।

जापानका बिभिन्न ठाउमा बसोबास गर्ने नेपालीहरूमाझ आफ्नो सेवाको पहुँच पुगोस् भन्ने उद्धेश्यले ओभरसिज रेमिटले सेवा विस्तारलाई महत्व दिएको हो ।ओभरसिज रेमिटको योक्काईची शाखाको नेतृत्व जापानका सफल तथा पुराना व्यवसायी बिष्णु प्रसाद घिमिरेले गर्ने भएका छन्।

स्थापनाको छोटो समयमै छिटो छरितो र बिश्वासिलो सेवा मार्फत् अलग पहिचान बनाउन सफल ओभरसिज रेमिटले “सुरक्षित तथा छिटो, कम शुल्क उच्च रेट” भन्ने नारा अनुरूप ग्राहकहरुको सुविधालाई बिशेष महत्व दिने गरेको ओभरसिज रेमिटका कार्यकारी संचालक बिपीन घिमिरेले बताए।

शाखा विस्तार भएसंगै योक्काईची र मिएकेन बासी नेपालीले आफ्नो सेवाको सदुपयोग गर्ने विश्वास कम्पनीले लिएको छ।मिए केनमा नेपालीको संख्या दिनानुदिन बढ्दै गएकाले स्तरीय र छरितो सेवामार्फत् ग्राहकको मन जितिनेमा आफु बिश्वस्त रहेको योक्काईची शाखाका प्रबन्धक बिष्णु प्रसाद घिमिरेले बताए।

Loading...