व्यावसायिक २४ मोडलहरुबीच फेसन युनाइट््स सम्पन्न

चैत २६ / काठमाडौँ
काठमाडौं÷ रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र एम म्याम बुटिकका फेसन डिजाइनर एनी तण्डुकारको संयोजनमा काठमाडौंमा भव्य फेसन–शो ‘फेसन युनाइट््स’ सम्पन्न भएको छ । २४ जना व्यावसायिक मोडलहरुको साथै नेपाली चलचित्र क्षेत्रका चर्चित नायिकाहरु बीच काठमाडौंको ब्लु स्टार मलमा फेसन युनाइट््स भव्यताका साथ सम्पन्न भएको हो ।
शोमा नेपालका चर्चित मोडलहरुको साथमा कलिउडकी चर्चित अभिनेत्री शुभेच्छा थापाको साथमा एलिजा गौतमसम्मको सहभागिता रहेको थियो । शोमा थापा, गौतम लगायत मोडलहरुले ब्राइडल लेहेङ्गा, गाउन फ्यूजन, वेस्टर्न वेयर, इम्ब्राइडरी, पदमावती, जडाजी डिजाइन, समर पार्टीवेयर, क्याजुयल लगायतका आकर्षक पहिरनहरुमा आकर्षक क्याटवाक गरेका थिए । वेस्टर्न, इस्टर्न टाइपका पहिरनहरुबीच विभिन्न जातजातीको संस्कृति समेत झल्किने फ्यूजन पहिरनहरु पनि शोमा देखिएको थियो । प्रदर्शन गरिएका पहिरनहरुलाई श्रीषा बैदार फैंजु, एनी तण्डुकार, समन प्रजापति, उपासना सराफ, सुमी श्रेष्ठ र अमितेष कर्णले डिजाइन गर्नुभएको थियो ।
फेशन शोको कोरीयोग्राफी भने नेपालका प्रसिद्ध मोडल तथा इन्टरनेशनल कोरियोग्राफर राज फैंजुले गर्नुभएको थियो । आयोजक संस्था रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउन्डर डाइरेक्टर समेत रहेका फैंजुको कोरीयोग्राफीमा मोडलहरुले ¥याम्पमा क्याटवाक गर्दा दर्शकको मन मोहित भएको थियो । नेपालको मोडलिङ र फेसन क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने सोचले आफु अघि बढिरहेको र सोहि अभियान अन्तर्गत नै फेसन युनाइट््स कार्यक्रमको आयोजना गरेको फैंजुले बताउनुभयो । दुई दशकदेखि इभेन्ट म्यानेजमेन्टमा कोरियोग्राफी गर्दै आएका फैंजुलाई भारतको ख्यातिप्राप्त फेसन अर्गनाइजेसनले इन्डो–नेपाल कल्चरल एक्सचेन्ज प्रोग्रामको इन्टरनेशनल डाइरेक्टर समेत नियुक्त गरीसकेको छ । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले वर्षमा ६ वटा कार्यक्रमहरु आयोजना गरीरहेको फैंजुले जानकारी दिनुभयो ।

 शोमा थापा, गौतम लगायत मोडलहरुले ब्राइडल लेहेङ्गा, गाउन फ्यूजन, वेस्टर्न वेयर, इम्ब्राइडरी, पदमावती, जडाजी डिजाइन, समर पार्टीवेयर, क्याजुयल लगायतका आकर्षक पहिरनहरुमा आकर्षक क्याटवाक गरेका थिए । वेस्टर्न, इस्टर्न टाइपका पहिरनहरुबीच विभिन्न जातजातीको संस्कृति समेत झल्किने फ्यूजन पहिरनहरु पनि शोमा देखिएको थियो । प्रदर्शन गरिएका पहिरनहरुलाई श्रीषा बैदार फैंजु, एनी तण्डुकार, समन प्रजापति, उपासना सराफ, सुमी श्रेष्ठ र अमितेष कर्णले डिजाइन गर्नुभएको थियो ।

Loading...