एकाबिहानै हिन्दूवादी नेतामाथि गोली प्रहार, गाईको संरक्षण माग गर्ने आचार्यको अबस्था गम्भीर

विराटनगर, २५ चैत ।

विराटनगरमा एकाबिहानै गोली चलेको छ । अज्ञात समुहले गाईको संरक्षण गर्दै आएका हिन्दूवादी युवा अभियानकर्ता आचार्य श्रीनिवासमाथि गोली प्रहर गरेको छ ।

अज्ञात समुहले प्रहार गरेको गोली लाग्दा विरानगरको जतुवामा हिन्दूवादी युवा अभियानकर्ता आचार्य गम्भीर घाइते भएका छन् । प्राप्त समाचार अनुसार आइतबार बिहान पौने तीन बजे आएको अज्ञात समूहले उनि माथि गोली प्रहार गरेर फरार भएको छ ।

जतुवामा बस्दै आएका आचार्य श्रीनिवास बिहान सौच गर्न निश्किएका बेला उनलाई गोली हानिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका दुईजनाको समूहले तीन राउण्ड गोली प्रहार गर्दा एउटा गोली श्रीनिवासको छातीमा लागेको छ ।

जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद् भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको छ । उनको विराटनगरस्थित न्युरो अस्पतलामा उपचार भइरहेको छ ।

गोली प्रहार भएको स्थानमा हिन्दू धर्मका दलाहरू खबरदार लेखिएको पर्चा भेटिएको छ । केही दिनअघि रामनवमीको अवसरमा आचार्य श्रीनिवासलाई भेट्न पूर्वराजा विराटनगरमा रहेको राम मन्दिर गएका थिए ।

श्री निवासाचार्यलाई गोली प्रहार गर्ने समूहलाई पक्राउ गरेर तत्काल कारबाही गर्न हिन्दूवादी संघ संस्थाले माग गरेका छन् ।

Loading...