भलिबल प्रतियोगितामा सुदुरपश्चिमेली समाज बिजेता ,मदन साउद उत्कृष्ट खेलाडी घोषणा

टोक्यो, जापान ।  तमुधी समाज फुकुओका जापानले आयोजना गरेको प्रथम भलिवल कपमा सुदूरपश्चिमेली समाज जापान बिजेता बनेको छ ।

शनिबार फुकुओकामा सम्पन्न भलिबल प्रतियोगितामा सुदुरपश्चिमेली समाज उत्कृष्ट टोलीको रुपमा प्रथम स्थान ओगट्न सफल भएको हो । प्रतियोगितामा सुदुरपश्चिमेली समाज जापानको टिमले प्रथम भई २ लाख पुरस्कार प्राप्त गरेको छ । साथै उक्त प्रतियोगितामा सुदुरपश्चिमेली समाज जापानका केन्द्रिय उपाध्यक्ष मदन साउद सर्बोत्कृष्ट खेलाडी समेत घोषित भएका छन ।  सुदुरपश्चिमेली समाज जापानले प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सबै खेलाडीहरुलाई समाजको फेसबुक पेज मार्फत बधाई ज्ञापन गरेको छ ।

 

Loading...