राष्ट्रघातका विरुद्ध ४ कम्युनिस्ट पार्टीद्वारा संघर्ष घोषणा, ओली र मोदीको विरोधमा निकाले संयुक्त वक्तव्य !

काठमाडौं, २२ चैत ।

राष्ट्रघातका विरुद्ध ४ कम्युनिस्ट पार्टीहरुले संयुक्त संघर्ष थाल्ने भएका छन् । बुधबार बसेको चार कम्युनिस्ट पार्टीहरुको संयुक्त बैठकले  राष्ट्रियता, जनतन्त्र र जनजीविका समस्याहरुलाई लिएर संयुक्त संघर्ष थाल्ने निर्णय गरेको छ।

वैठकपछि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता प्रकाण्ड, नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंह र नेकपाका अध्यक्ष ऋषि कट्टेलले संयुक्त रुपमा वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणका क्रममा हुन लागेको राष्ट्रघातका विरुद्ध संयुक्त संघर्ष गर्ने घोषणा गरेका हुन् ।

वैठकले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अाधार तयार पार्न थप छलफल र बहस अगाडि बढाउने निर्णय समेत गरेको छ।

नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने आधार तयार पार्न छलफल र बहसलाई अगाडि बढाउने, राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी परस्पर सहमति भएका विषयहरुमा कार्यगत एकता गरी संयुक्त संघर्ष गर्ने, नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यसभन्दा अगाडि नेपाल–भार बीचमा भएका राष्ट्रहित विपरीतका सबै असमान सन्धि सम्झौताहरुलाई कार्यन्वयन गर्ने कुराको घोर विरोध र भत्र्सना गर्ने, चैत २४ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अरुण तेस्रो जलविद्युत परियोजनाको भारतको दिल्लीबाट संयुक्त रुपमा शिलान्यास गर्ने कुराको विरोध गर्दै काठमाडौंमा संयुक्त विरोध गर्ने वैठकपछि ४ कम्युिनस्ट पार्टीहरूद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएकाे छ।

त्यस्तै अगामी बैशाख ३ गते राष्ट्रियता सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी गर्ने र सरकारले शान्तिपूर्ण संगठन, भेला र संघर्षमा दमन गरेकोमा त्यसको विरोध र भत्र्सना गर्ने समेत चार पार्टीले निर्णय गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

Loading...