प्रहरी महानिरिक्षकका लागि गोप्य दौडधुप सुरु

काठमाडौं चैत २२ । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश आर्याल एकसातापछि अवकास पाउँदैछन । उनकाे अवकास पाउने दिन नजिकिएसँगै प्रहरीकाे महानिरिक्षक काे बन्ने भन्ने विषयमा ठूलाे चर्चा छ । प्रहरी महानिरिक्षकमा केही समयदेखि ठूलाे राजनीति पनि हुने गरेकाे छ । साेही कारण यसपटक वामगठबन्धनकाे सरकारले कसरी प्रहरी महानिरिक्षक बनाउँछ भनेर चासाे राख्नेहरु पनि धेरै छन् ।

यसपटक प्रहरी महानिरिक्षक काे बनाउने भन्ने खेल बाहिर नै अाइसकेकाे भने छैन । भित्रभित्रै केही खेल भइरहेकाे बताइन्छ । गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा, प्रधानमन्त्रीसँगै वामगठबन्धनका दुर्इ दलमा पनि यसबारे बाहिरभन्दा भित्री तहमा मात्र कुरा भइरहेकाे बताइन्छ । स्राेतका अनुसार प्रधानमन्त्री र गृहमन्त्रीकाे नजिकमा रहेका केही मान्छेहरु अहिले गाेप्यरुपमा दाैडधुप गरिरहेका छन् । प्रतिस्पर्धामा रहेकाहरुसँग भेटेर केही अाश्वासन दिने काम पनि भइसकेकाे बताइन्छ । साथै केहीले उच्च तहमा लविङ पनि गरिरहेकै छन् ।

२६ औं महानिरीक्षमा अहिले तीन जनाकाे सम्भावना बढी रहेकाे चर्चा भने चलिरहेकाे छ । नेपाल प्रहरीमा तुलनात्मक रुपमा केही सफल मानिएका सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल र पुष्कर कार्की बढी चर्चामा छन । यद्यपी महानिरिक्षककाे दावी गर्न याेग्यता पुगेका अरु धेरै छन ।

महानिरीक्षक नियुक्तिको विषयलाई व्यवस्थित गर्न कार्यविधि बनाउने भनिए पनि त्यसले पूर्णता पाउन सकिरहेको छैन। कार्यविधि नभएको अवस्थामा महानिरीक्षक चयनको आधार भनेको प्रहरी नियमावलीको नियम ४१ हो।

सरकारले नियमावलीअनुसार डिआईजीबाट आईजिपी छनौट गर्दा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्य आधारमा उपयुक्त देखेको अधिकारीलाई नियुक्त गर्न सक्नेछ।

महानिरीक्षक दावेदारी गर्नेमा २०४६ माघ २९ मा सेवा प्रवेश गरेका (२०४५ फागुन १ का रमेशप्रसाद खरेल सहित) ७ जना र २०४५ असार ३० मा सेवा प्रवेश गरेरसँगै बढुवा भएका ५ जना गरी कूल १२ जना छन्। पूर्ववर्ती देउवा सरकारले एसएसपीबाट डिआईजीमा बढुवा गरेका १५ मध्ये ३ जनाले महानिरीक्षक अर्यालसँगै अवकाश पाउनेछन्।

यसर्थ प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल र पुष्कर कार्की छन्। यस्तै मनोज नेउपाने, ठुले राई, धिरु बस्नेत र सुरेशविक्रम शाह प्रतिस्पर्धामा छन्। २०४५ असार ३० मा सेवा प्रवेश गरेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्द समेत नियमावली योग्यताका आधारमा महानिरीक्षक बढुवाका दावेदार हुन्।

महानिरीक्षकको दौडका लागि १२ डिआईजी योग्य देखिए पनि बरियता, कार्य दक्षता, नेतृत्व र चर्चाका हिसाबले तीन जनाको नाम शीर्ष स्थानमा छ।

प्रहरी नियमावलीको नियम ४१ को ५ मापदण्डका आधारमा विश्लेषण गर्दा २६ औं महानिरीक्षका मुख्य प्रतिस्पर्धी सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल र पुष्कर कार्कीबीच ‘नेक एन्ड नेक’ प्रतिस्पर्धा छ। डिआईजीत्रय खनाल, खरेल र कार्की तीनैजना विभिन्न समयमा काठमाडौं प्रहरी प्रमुखको जिम्मेबारी सम्हालेका अधिकारी हुन्। यी तिनै जना काठमाडौं प्रहरी प्रमुखको रुपमा स्मरणीय छाप छोड्न सफल छन्।

खरेलले दोहोराएर काठमाडौं प्रहरी प्रमुखको जिम्मेबारी सम्हालेका थिए। यस्तै खनाल र कार्की दुवैले महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख भएर जिम्मेबारी सम्हालेका थिए। नेपाल प्रहरीमा चासो, चर्चा र जोखिमका हिसाबले महत्वपूर्ण मानिएका स्थानमा तीनै जनाले उत्तिकै महत्वका साथ क्षमता प्रदर्शन गरेका थिए।

खनाल हाल महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख हुन्। खरेल सुरक्षा निर्देशनालय प्रमुख र कार्की केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) प्रमुख भूमिकामा छन्।

एसएसपी हुँदासम्म एक नम्बरमा रहेका रमेश खरेल डिआईजी बढुवामा खनालभन्दा पछाडि परे। खनाल अहिले डिआईजीहरुको बरियताको एक नम्बरमा छन्। दोस्रो रमेशप्रसाद खरेल र तेस्रो पुष्कर कार्की हुन्।

Loading...