साकुरालाई प्रमुख अतिथि मान्दै जापानमा हाइकु संग्रहको बिमोचन

जापानको टोकियोमा ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ । जापानमा लोकप्रिय रहेको हानामी पर्व ( साकुरा फुल हेर्ने पर्व ) को अवसर पारेर टोकियोको हाराजुकु पार्कमा एक भब्य समारोहकाबीच उक्त संग्रहको बिमोचन गरिएको हो ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टर द्वारा आयोजित उक्त बिमोचन कार्यक्रममा दर्जनौ स्रष्टाहरुले साहित्यिक खुराकहरु पनि प्रस्तुत गरेका थिए ।

नागानो प्रीफेक्चर अन्तर्गत रहेको तातेसिना भन्ने ठाउमा गत साल झन्डै चार दर्जन हाइकु कविहरुले स्थलगत रुपमा लेखेका हाइकुहरु समेटी तातेसिनालाई पुस्तक आकार दिइएको हो ।

पुस्तकमा प्रा. रामकुमार पाडे र प्रकाश पौडेल ‘माइला’को हाइकुको बारेमा लेखिएको खोजमुलक सैद्दान्तिक कार्यपत्र पनि समाबेश गरिएको छ ।

अनेसास जापान च्याप्टरले प्रकाशनमा ल्याएको तातेसिना हाइकु संकलनको सम्पादक हाइकुकवि प्रकाश पौडेल ‘माइला’ हुन । बिगत १३ वर्ष देखी जापानमै रही हाइकुको क्षेत्रमा कलम चलाईरहने ‘माइला’ अनेसासका केन्द्रीय कार्य समितिको उपाध्यक्ष समेत हुन ।

अनेसास जापान च्याप्टरका अध्यक्ष दिप पाठकको सभापतित्त्वमा सम्पन्न बिमोचन समारोहको प्रमुख अतिथी भने साकुराको रुखलाई मानिएको थियो । समारोहमा प्रकाश पौडेल माइला, जिज्ञान कुमार थापा, शालिकराम भन्डारी, पिताम्बर पदमपानी, पुस्कर जङ्ग थापा, आलोक चालिसे, दिनेशराज ज्ञवाली, बाबुराम भन्डारी, शरद गौचन, मैदेली घिमिरे, दीपक सुबेदी, पदम ठगुन्ना, हरी सापकोटा, अरुण पौडेल, सुर्य खड्का , धिषण निरौला र सरीता ढकाल लगायतले पुस्तकका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा अर्जुन दृष्‍टि पौडेल, मुक्ती सुबेदी ,गिरिजा गैरे, सुमित गिरि, सबिना रेग्मी, विश्वबन्दु भण्डारी, सरद पोख्रेल , हेमन्त गिरी, प्रतीबिम्ब सुमन, आनन्द अधिकारी, पार्थ सुबेदी, मीनराज बास्तोला, भुवन रोका, संगिता अधिकारी,सविना रेग्मी , सुमित गिरी, प्रकृति फुयाल,दीपा घिमिरे, ज्वाला सङ्रौला र बलराम उपाध्यायले कबिता बाचन गरेका थिए ।

रोशन कार्की ,प्रेमिला गौचन, गृश्मा पौडेल, अमृता आर्याल, इन्दु सूबेदी, यशोदा बस्नेत, पूनम बराल लागायत थुप्रै साहित्य प्रेमी र अनुरागीहरूको कार्यक्रममा उपस्तिथी रहेको थियो । सो कार्यक्रमको संचालन रबिन शर्मा र संगिता कुवरले गरेका थिए ।

Loading...