रियल मड्रिडको जितमा रोनाल्डोको २ र मार्सेलोको १ गोल

काठमाडौं, २१ चैत ।

युरोपियन च्याम्पियन्स लिग फुटबलमा मंगलबार रातिबाट क्वाटरफाईनलका खेलहरु शुरु भएका छन् ।

सोहि अन्तर्गत गएराति नै भएको क्वाटरफाईनल पहिलो लेगको खेलमा रियल मड्रिडले युभेन्टसलाई ३–० ले हरायो । ईटालियन क्लव युभेन्टसको मैदानमा भएको खेलमा स्पेनिस टोली रियल मड्रिडलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले २ तथा मार्सेलोले एक गोल गरे ।

आफ्नै मैदानमा भोगेको ३–० को हारपछि ईटालियन क्लव युभेन्टसको सेमीफाईनल प्रवेश निकै कठिन बनेको छ ।

गएराति भएको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले स्पेनको सेभियालाई २–१ ले हरायो । खेलमा बायर्न म्युनिखलाई विजयी गराउन थियागो अल्कान्ताराले एक गोल गरे भने सेभियाका जिसस नाभासले एक आत्मघाती गोल गरे ।
घरेलु टोली सेभियाका लागि पाब्लो साराबियाले पहिलो गोल गरेका थिए ।

च्याम्पियन्स लिग फुटबलमा क्वाटरफाईनल पहिलो लेगका बाँकी दुई खेल आज राति हुनेछन् । आज राति स्पेनको बार्सिलोनाले ईटालीको एएस रोमासँग खेल्दा दुई इंग्लिश क्लब लिभरपुल र म्यान्चेस्टर सिटी भिड्नेछन् ।

Loading...