मन्त्रिपरिषद बैठक बस्दै, संसद अधिवेशन अन्त्यको तयारी

काठमाडौं, २० चैत ।

मंगलबार मन्त्रिपरिषद बैठक बस्दै छ । बिहान साढे १० बजे बस्ने मन्त्रिपरिषद बैठकले जारी अधिवेशन अन्त्यको प्रस्ताव राष्ट्रपति समक्ष पठाउने निर्णय गर्ने सम्भावना रहेको  प्रधनमन्त्री कार्यालयले जनाएको छ  ।

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको छ । त्यसका लागि आजै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना छ । अधिवेशन अन्त्यको तयारी हुँदै गर्दा मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद बैठकलाई सम्बोधन गर्दैछन् ।

जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ । त्यसको कम्तिमा १५ दिनअघि नै बजेट अधिवेशन सुरु हुन्छ । प्रतिनिधिसभाको पहिलो बैठक २१ फागुनमा बसेको थियो । त्यसयता १० पटक प्रतिनिधिसभाको बैठक बसिसकेको छ

Loading...