प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्दै

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै छन् । वैदेशिक भ्रमण गर्नुअघि प्रधानमन्त्रीले संसदलाई जानकारी गराउने परम्परा अनुसार ओलीले सम्बोधन गर्न लागेका हुन् ।

बैठकलाई सम्बोधनको क्रममा ओलीले आफ्नो भारत भ्रमणबारे जानकारी गराउने उनको सचिवालयले जनाएको छ । ओली चैत २३ गते भारतको औपचारिक भ्रमणमा जाँदैछन् ।

भारत भ्रमणमा नेपालले उठाउने एजेण्डाबारे प्रधानमन्त्री ओलीले प्रतिनिसभालाई जानकारी गराउने छन् । भ्रमणको क्रममा नयाँ सम्झौता नहुने यसअघि नै सरकारले स्पष्ट पारिसकेको छ । बैठक दिउँसो १ बजे बस्दैछ ।

Loading...