बरिष्ठ नृत्य गुरुआमा हनी श्रेष्ठलाई सम्मान गरिने

 

   

 नृत्य निर्देशक संघले चैत्र २२ गते राष्ट्रिय नाचघरमा नृत्य गुरुआमा हनी श्रेष्ठ सम्मान साँझ २०७४ तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । नृत्य गुरुआमा श्रेष्ठलाई नगद रु २५ हजार ५ सय ५५ का साथै डि–डान पदकबाट सम्मान गरिने आयोजकले जनाएको छ ।

श्रेष्ठ ब्याले, कत्थक, चर्या, लोक लगायत नृत्य विधामा पोख्त र प्रथम नृत्य प्राध्यापकको रुपमा चिनिन्छ । दुई दशकभन्दा बढी समयदेखि नृत्य क्षेत्रमा समर्पित उहा नृत्य प्राध्यापाकको रुपमा रही थुप्रै पाठ्यपुस्तक समेत लेखेकी छन् ।

सम्मान कार्यक्रमा नृत्य निर्देशक संघ नेपालको भक्तपुर, ललितपुर, काभ्रे, काठमाडौं, चितवन लगायत विभिन्न शाखाहरु साथै कला सम्वद्ध संघसंस्थाको सहयोगमा नृत्य प्रस्तुति रहनेछ । शास्त्रीय चर्या नृत्य, लोकनृत्य, कत्थक, भरत नाट्यम, चलचित्र गीत, दोहरी तथा विभिन्न रियालिटी शोमा पुरस्कृत नृत्यहरु प्रस्तुत हुने आयोजकले जनाएको छ ।

आयोजक नृत्य निदेशक संघले कला क्षेत्रमा योगदान गर्ने विभिन्न श्रृष्टा सम्मान कार्यक्रमका साथै लोक, चर्या तथा तामाङ नृत्य प्रतियोगिताको समेत आयोजना गरेको छ । देसकै गहनाको रुपमा परिचित कला क्षेत्रलाई राष्ट्रको पाँचौं अङ्गको रुपमा परिभाषित गर्न समेत माग गर्दै आएको छ ।

संघले साउन २६ गते राष्ट्रिय नृत्य दिवसको रुपमा घोषण गर्न समेत माग गरेको छ ।

Loading...