काँग्रेस नेता खड्‍का अन्त्येष्टी अाज

काठमाडौं, १८ चैत ।

नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको अाज अन्त्येष्टी गरिने भएको छ । यसअघि सार्वजनिक गरिएको श्रद्धाञ्जली कार्यक्रममा हेरफेर भएको छ ।

नेता खड्‍काको शव श्रद्धाञ्‍जलीको लागि दिउँसो १ बजेसम्म घरमै राखिने भएको छ । यसअघि ९ बजेसम्म घरमा र त्यसपछि पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीको लागि राखिने बताइएको थियो । खड्काका छोरा अनुराग बेलायतबाट अाउँदै गर्दा भारतबाट फ्लाइट छुटेका कारण तालिकामा हेरफेर भएको हो ।

दोस्रो फ्लाइटबाट अनुराग काठमाडौं अाइपुग्‍न समय लाग्ने भएकै कारण १ बजेसम्म घरमै राखेर श्रद्धाञ्‍जली दिने कार्यक्रम तय गरिएको हो ।

ललितपुरस्थत खड्काको निवासमा विहानैदेखि परिवार तथा अाफन्त, काँग्रेस नेता-कार्यकर्ता, शुभचिन्तकको घुइचो लागेको छ ।

नेता खड्‍काको उपचारका क्रममा शुक्रवार नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएको थियो । उनको शव शनिबार राती काठमाडौंमा ल्यार्इएको थियो ।

नेता खड्काको निधनका कारण नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक अर्को सूचना नअाउँदासम्मलाई स्थगित गरिएको छ ।

भारतमा उपचारका क्रममा शुक्रवार निधन भएका खड्काको अपोलो अस्पतालमा ३९ दिनदेखि उपचार भइरहेको थियो ।

Loading...