गोली लागेर मृत्यु भएकी सुजातालार्इ जब चट्याङ लागेर मृत्यु भएको भनियो

ललितपुर, १७ चैत । गोली लागेर मृत्यु भएपछि घटना ढाकछेप गर्ने प्रयास गरिएको छ । बागमती गाउँपालिका वडा नम्बर ५ इकुडोलकी ३१ वर्षीया सुजाता तामाङको गोली लागेर मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

शुक्रबार साँझ ६ बजे सुजाताको (देवर) श्रीमानको सानीआमाको छोराले भरुवा बन्दुकले हानेपछि सुजाताको ज्यान गएको चापागाउँ प्रहरी वृत्तका डीएसपी रविन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार घटनाको बारेमा थप बुझ्नका लागि थप प्रहरी घटनास्थलतर्फ खटाइएको छ।

परिवारले भने चट्याङ लागेर उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको दावी गर्दै आएको छ । घटनालाई थामथुम पारेर मिलाउन चट्यागं लागेको भनिएको स्थानीयहरुले आरोप लगाएका छन् । आफन्तले दोषीलाई कारवाही नगरेसम्म शव नबुझने बताएका छन् ।

Loading...