फोनिज जापानको दोस्रो अधिवेशन भोलि टोकियोमा हुदै

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)जापान शाखाको दोस्रो अधिवेशन भोलि टोकियोमा हुने भएको छ ।फोनिज नेपाली पत्रकारिताको क्षेत्रमा कृयाशिल जनजाति पत्रकारहरुको साझा संगठन हो ।

अधिवेशन टोकियोको सिनोकुबो स्थित बारकाँडेको हलमा आयोजना गरिएको छ ।

अधिबेशनमा फोनिज जापानको दोस्रो अधिवेशन घोषणा सभा सगै जापानमा रहेर पत्रकारिता क्षेत्रमा क्रियासिल अग्रज पत्रकार सम्मान गर्ने कार्यक्रम रहेको फोनिज जापानका अध्यक्ष शान्त पहरीले जानकारी दिनु भयो ।

साथै अधिबेशनको सम्पुर्ण तयारी पुरा भईसकेको जानकारी समेत अध्यक्ष पहरीले दिनुभयो ।

फोनिजले देश विदेशमा रहेका आदिवासी जनजाति पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको हकहितका साथै क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण कामहरु गर्दै आएको छ ।

फोनिज विगत १५ वर्षदेखि संगठित हुँदै अहिले आएर ४६ जिल्लामा र चार विदेश शाखाका रुपमा विस्तार भइसकेको छ । यस्तै फोनिज केन्द्र को छैठौ महाधिवेशन यहि चैत्र २३ र २४ गते काठमाण्डौ मा हुँदैछ ।

Loading...