आइपिएलको तयारीमा सन्दिप लामिछाने, टिमसँग पहिलोपटक मैदान उत्रिए

काठमाडौं, १६ चैत ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपालबाटै पहिलो पटक सहभागिता जनाउने मौका पाएका सन्दिप लामिछाने पहिलोपटक आफ्नो टिमका खेलाडीहरुका साथ मैदानमा उत्रिएका छन् ।

उनले बिहीबार आफ्नो टिम ‘दिल्ली डेयरडेभिल्स’ का खेलाडीहरुसँग मैदानमा अभ्याससमेत गरे । प्रशिक्षक रिकी पोन्टिङ, कप्तान गौतम गाम्भीरलगायत अन्य खेलाडीहरुसँग सन्दिप निकै उत्साहित हुँदै मैदानमा फिटनेश अभ्यासमा सहभागी भएका हुन् ।

दिल्ली डेयरडेभिल्सले आफ्नो पहिलो म्याच ८ अप्रिलमा किंग्स इलेभेन पञ्जावसँग खेल्दैछ । सन्दिप उक्त म्याचमा मैदानमा उत्रिने हुन् या होइनन् भन्नेमा धेरै नेपालीहरुको चासो छ ।

सन्दिपलाई यतिबेला उनको टिमले निकै महत्व दिएको छ । नेपालका लागि उनले खेलेका पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण दिल्ली डेयरडेभिल्सले उनलाई निकै महत्व दिएको हो ।

Loading...