विश्वकप विजेता मानिएको जर्मनी ब्राजिलसँग पराजित

काठमाडाै । ग्याब्रियल जेससको एकमात्र गोलमा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीलाई १-० ले पराजित गरेको छ । खेलको ३७ औं मिनेटमा विद्याको पासलाई सदुपयोग गर्दै जेससले गरेको गोल निर्णायक सावित भयो ।

अर्को खेलमा इंग्ल्यान्ड र इटाली १-१ को बराबरीमा रोकिए । जेमी भार्डीले २६ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । तीन मिनेट समय बाँकी रहँदा इटालीले पेनाल्टी पायो । लोरेन्जो इन्सिन्याले पेनाल्टीको सदुपयोग गर्दै खेल बराबरीमा ल्याए ।

अन्य खेलमा बेल्जियमले साउदी अरेबियलाई ४-० ले हरायो । फ्रान्सेले रसियालाई ३-१ ले पराजित गर्यो । अस्ट्रेलिया र कोलोम्बियको खेल गोलरहित बराबरीमा टुङ्गियो ।

Loading...