किन धाउँछन भारतीय राजदुत सिंंहदरवारभित्र, सिंहदरवारभित्रै उर्जामन्त्रीसँग गोप्य भेट

काठमाडौं, १२ चैत । सामान्यतया नेपालमा रहेका अन्य देशका कुटनीतिज्ञहरुले परराष्ट्र मन्त्रालयसँग स्वीकृति लिएर साे मन्त्रालयका अधिकारीकाे उपस्थितिमा मात्र नेपालका मन्त्री तथा अन्य अधिकारीहरुसँग भेटघाट गर्न पाउँछन । तर, हिजाेेअाज नेपालमा रहेका भारतीय राजदुत भने निस्फिक्री परराष्ट्र मन्त्रालयकाे कुनै जानकारी विना नै नेताहरुकाे वेडमा पुग्न थालेका छन् । उनी देशकाे मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा कुनै स्वीकृति नै नलिएर धार्इरहेका छन् ।

साेही क्रममा साेमवार भारतीय राजदूत मंजिवसिंह पुरीले उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनसँग शिष्टाचार भेटवार्ता गरेका छन । सिंहदरबारस्थित उर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ । भेटमा भातीय राजदूत पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो परियोजना र पंचेश्वरलाई अघि बढाउने तयारीमा भारत रहेको जानकारी दिएका थिए ।

मन्त्री पुनले भारतीय राजदूतलाई भारतबाट आयात भइरहेको पावर टे«डिङको हकमा प्रतिस्पर्धा गराई सस्तोमा विद्युत आयात गर्न नेपाल इच्छुक रहेकोे धारणा राखेका थिए ।

अहिले नेपालले ४ सय मेगावाट बराबर भारतबाट बिजुली आयात गरिरहेको छ । मन्त्री पुनले बुटवल–गोरखपुर ४ सय केभि अन्तरदेशीय प्रशारण लाइन निर्माणमा नेपाललाई सहयोग गर्न पनि राजदूत पुरीसँग आग्रह गरेका थिए ।

भेटमा राजदूत पुरीले मन्त्री पुनको प्रस्तावप्रति भारत सरकार सकरात्मक भएको र मोडालिटीको बारेमा छलफल गर्नुपर्ने धारणा राखेका थिए । राजदूतसँगको भेटमा उर्जामन्त्री पुनले पंचेश्वर जलविद्युत आयोजना नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताए । भारतीय राजदुत पुरीले गरेकाे याे भेटघाटलार्इ कुटनीतिक मर्यादा नपुर्याएर गरेकाे भेटघाट भन्दै व्यापक अालाेचना गरिएकाे छ ।

Loading...