नेकपाको बन्दका कारण कोशी ठप्प, अवज्ञा गर्ने बस जलाइयो

काठमाडौं, ११ चैत ।

नेपाल कम्युनिस्ट पार्टीको बन्दका कारण कोशी ठप्प भएको छ । नेकपा कोशी ब्युरोकाे पूर्व घोषित कार्यक्रम अन्तर्गत आइतबार कोशी बन्दले पूर्वकाे जनजीवन पूर्णत प्रभावित भएकाे छ ।

बिहानैदेखि यातायात ठप्प छ भने बिहानी सेवाका स्कुल कलेज बन्द छन्, बजार, कलकारखाना पनि खुल्न सकेका छैनन् । यसैबीच बन्दकर्ताहरुको बन्दको अवज्ञा गरेको भन्दै  एउटा बसमा आगजनी गरेका छन् । काकरभिट्टाबाट पश्चिमतर्फ जांदै गरेको लामाे रूटकाे बसमाथि दमकको चियाबगान बेतानी पुल नजिकै आगजनी गरिएकाे हो ।

सगरमाथा यातायात व्यवसाय सङघले बन्दलार्इ स्वतस्फर्त रूपले सर्मथन गरेका छन् । त्यसैगरी विराटनगरबाट देशव्यापी सञ्चालित हुने यात्रुबाहक बस सञ्चालन गर्ने बस व्यवसाय सङ्घहरु पूर्वाञ्चल बस व्यवसाय, कोशी बस व्यवसाय, शप्तकोशी बस व्यवसायहरु टिकट नै नकाटेर यातायात बन्द गरेका छन् ।

नेकपा केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राईलगायत तीन जिल्लाका इन्चार्जकाे गिरफ्तारका विरूद्ध नेकपाले बाध्य भएर काेशी अंचल बन्द गर्नु परेकाे बताएकाे छ।

फाइल तस्वीर

Loading...