चेज जन्मदिनको गीत प्रतियोगितामा उत्तम महर्जनले जित हात परे

       

काठमाडौं, चैत १० । पेजथ्री पाक्षिकको आयोजनामा चेज बूदिंया भिंतुना म्ये कासा (चेज बूदिंया भिंतुना –जन्मदिनको गीत, कभर प्रतियोगिता उत्तम महर्जनले जितेका छन् ।
१ सय २१ प्रतिस्पर्धीको सहभागिता रहेको प्रतियोगिता जितेका महर्जनले २४ इन्चको चेज लिड टिभी, आर्टोम्यूज रेकर्डिङ स्टुडियोको तर्फबाट सुरजवीर बज्राचार्यको रचना र जुगल डंगोलको संगीत र संगीत संयोजनय् नेपालभाषाको एउटा गीत रेकर्डिङ, तथा एउटा म्यूजिक भिडियो निर्माणको पुरस्कार प्राप्त गरेको छ। म्यूजिक भिडियो निर्माण प्रसिद्ध क्यामेरापर्सन मनोजरत्न शाहीले गर्नेछन् ।
गीत रेकर्डिङको पुरस्कार जित्ने टप ५ मा परेको अन्य ४ विजेताहरु परमेश मल्ल, सुमन मानन्धर, रविनसन कंसाकार र मुकेश शाक्य छन्। विजेताहरुलाई आर्टोम्यूज रेकर्डिङ स्टुडियोले जुगल डगोलको संगीत र संगीत संयोजनमा नेपालभाषाको गीत रेकर्ड गरिदिनेछ जुन गीतका रचनाकारहरु प्रकाश दीप, पूर्णकाजी ज्यापु, हरिराम महर्जन थेच्वमि र दर्शनवीर शाक्य रहेका छन् ।

 गत पौष १ गतेदेखि शुरु भएको प्रतियोगितामा सामाजिक संजाल फेसबुकमार्फत माघ ८ गते राति १२ बजेसम्म गीत दर्ताको लागि समय उपलब्ध गराइएको थियो । यो अवधिमा १ सय २१ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो भने सबैभन्दा बढी भ्यूज रहेको सुमन मानन्धरको भिडियो त्यो अवधिसम्म ७७,८१७ पटक हेरिएको थियो ।
राष्ट्रिय नाचघरमा आयोजित उक्त समारोहमा वरिष्ठ गायक जुजुकाजी रंजित, नीशा देसार, सतिष महर्जन, सरीता शाही, दीपा महर्जन, रत्नशोभा महर्जन, सानुबाबु महर्जन, सुरज ब्यञ्जनकार, भूपेन्द्र बज्राचार्य, रोजी डंगोल श्रेष्ठ, पूर्णकाजी ज्यापु, रीता महर्जन, विरज महर्जनले गीत प्रस्तुत गरेका थिए भने आराध्यलक्ष्मी खड्गी, मिनर्वा शर्मा राजोपाध्याय, राजन शाही, रजनी खड्गीले नृत्य प्रस्तुत गरेका थिए ।

Loading...