बल्ल टुंगो लग्यो नेकपानिकट अखिल क्रान्तिकारीको पदाधिकारी, क-कसले कुन जिम्मेवारी पाए ?

काठमाडौं, १० चैत ।

अनेरास्ववियु (क्रान्तिकारी)को दोस्रो पूर्ण बैठकले पदाधिकारी चयन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको फागुन ३० गते दाङमा सम्पन्‍न २१ औं राष्ट्रिय सम्मेलन सम्पन्न‍ भएको थियो ।

सम्मेलनले अध्यक्षमा चिरञ्‍जिवी ढकाललाई निर्वाचत गरेको थियो भने अन्य पदाधिकारीको टुंगो लागेको थिएन । शुक्रबार सम्पन्‍न बैठकले पदाधिकारीको टुंगो लगाएको हो । जसअनुसार उपाध्यक्षमा रुद्र भट्टराई, महासचिवमा प्रकाश शाही,सचिवमा सन्तोषी भट्टराई र कोषाध्यक्षमा नरेन्द्र बिकलाई चयन गरेको छ ।

प्रकाश तिनै व्यक्ति हुन जसले लोकमान कार्कीलाई सर्वोच्च अदालतभित्रै कालोमोसो दलेका थिए । गत वर्षको पुस ७ गते भ्रष्टाचार गरेको भन्दै अखिल क्रान्तिकारीले कार्कीमाथि कालोमोसो दलेको थियो । शाहीसँगै कालोमोसो दल्ने क्रान्तिकारीका अर्का नेता चन्द्र  हाल नेकपाका रुकुम सेक्रेटरी छन् ।

Loading...