कतारबाट पैसा पठाउन समस्याः कतार भन्छ सरकारले रोकेको छैन

काठमाडौं, १० चैत ।

कतारबाट नेपालीहरुलाइृ रकम पठाउन समस्या हुन थालेको छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ ।

कतारमा रहेका अधिकांश रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरुले कामदारलाई एकपटकमा एक हजार रियाल मात्रै पठाउन पाउने भन्न थालेका छन् ।

यस्तो उजुरी दूतावासमा आएपछि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कतारका गभर्नर शेख अब्दुल्लाहविन साउद अल थानीलाइृ भेटेर ध्यानाकर्षण गराएका छन् ।

त्यहाँको केन्द्रीय बैंकले भने नेपालीसहित आप्रवासी कामदारलाई आफ्नो देशमा रकम पठाउन नरोकेको प्रष्ट पारेको छ ।

समाचारमा लेखिएको छ, यस्तै सेवा शुलक पनि बढी लिएको उजुरी दूतावासमा परेको छ ।

Loading...