सिरहाको लहानमा बम विस्फोट, ६ जना घाइते

काठमाडौं, ९ चैत ।

सिरहाको लहान नगरपालिकामा बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् ।

स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएका हुन् । सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाका अनुसार उनीहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको छ । बम बिस्फोटबाट पसलमा ठुलो क्षति पुगेको छ ।

सारडाको पसलमा सुन किन्न आउने एक युवकले ल्याएर राखेको सामान उनी गएको केही समयपछि विष्फोट भएको प्रहरीको भनाइ छ । ती युवक गएको केही समयपछि विष्फोटन भएकाले ‘टाइम बम’ हुन सक्ने आशंका प्रहरीको छ ।

घटनामा संग्लनहरुको खोजीकार्य भइरहेको एसपी कोइरालाले जानकारी दिए ।

तस्वीर: गुगल

Loading...