बलात्कारी खत्रीपछि जिल्ला शिक्षा अधिकारी नेकपाको टार्गेटमा, क्रान्तिकारीले गर्‍यो यस्तो कारवाही

टेकेन्द्र बोहोरा, बझाङ।

नेपाल कम्युनिष्ट पार्टीले भ्रष्ट, दलाल, तस्कर, बलात्कारी, माफिया र घुसखोरहरुमाथिको कारवाहीलाई तिब्र बनाउदै लागेको छ । बुधबार बिहानै आफ्नै छात्रा विद्यार्थीलाई बलात्कार गर्ने एकजना शिक्षकमाथि नेपाल कम्युनिष्ट पार्टीले जनकारवाही गरेको केहि घण्टामै अर्का भ्रष्ट र कमिशनखोर जिल्ला शिक्षा अधिकारी पनि नेकपाको टार्गेटमा परेका छन् ।

बुधबार रामेछापको नामाडी बेतालीस्थित  श्री जनजागृती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक गोबिन्द खत्रीमाथि नेकपाले कारवाही गरेको थियाे । सोहि विद्यालयमा ८ मा अध्ययनरत १४ बर्षिया छात्रालाई खत्रीले पटकपटक बलात्कार गरेको भन्दै कालोमोसो दलेको छ भने भौतिक कारवाही समेत गरेको बताईएको छ ।

पिडित पक्षको उजुरीपछि  विद्यालय हातामै पुगेर नेकपाले खत्रीमाथि कारवाही गरेको नाम बताउन नचाहाने १ जना प्रत्यक्षदर्शीले त्यहाँबाट इमान्दार मिडियालार्इ जानकारी दिएका थिए । त्यसकाे केहि घण्टा नबित्दै नेकपानिकट अखिल (क्रान्तिकारी)ले बझाङका जिल्ला शिक्षा अधिकारीलाई कालामोसो दलेको छ ।

क्रान्तिकारीका कार्यकर्ताहरुले जिशिअ सूर्यबहादुर सिंहलाई कालामोसो दलेका हुन् । विभिन्न शिर्षकहरुमा करोडौं रकम हिनामिना गरेको पुष्टि भएकोले कालोमोसो दलिएको अखिल क्रान्तिकारीले विज्ञप्तिमार्फत जनाएको छ ।

सिंहले जिल्लामा मोटो रकम असुल गरेर नीजि शैक्षिक संस्थालाई दर्ता विनै संचालनको अनुमति दिएको, भवन, लाईबे्ररी र कम्प्युटर वितरणमा भ्रटाचारको पुष्टि भएपछि चेतावनी स्वरुप कालोमोसो दलेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विरेन्द्र बिकले बताए । विभिन्न मितिमा संगठनमा रिपोर्ट आएको आधारमा आफूहरुले छानविन गर्दा प्रजिअ सिंहले भ्रष्टाचार गरेको पुष्टि भएको बिकले बताए ।

अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले सिंहको कार्यकक्षमा विज्ञप्ति समेत छोडेर गएका थिए । उक्त विज्ञप्तिमा कालोमोसो दल्नुको कारण तीन बुँदामा उल्लेख गरिएको छ ।

यस्ता छन् तीन बुँदा

१. भवन बाँडफाँड गर्दा प्राथमिकताका आधारमा भन्दा नि कमिसनका आधारमा बितरण गरेको ।

२. शिक्षा कार्यालयबाट बितरण गरिएको पूर्वाधारबाट १ लाखदेखि २ लाखसम्म कमिसन लिएको ।

३. जिल्ला शिक्षा कार्यालयलाई भ्रष्टहरुको अखडा बनाएको ।

४. विद्यालय व्यवस्थापन समितिले गरेका निर्णयलाई कार्यान्वयन गर्न आनाकानी गरेको ।

२०७४ चैत ८ मा प्रकाशित ।

Loading...