पर्यटन प्रर्वद्धनार्थ कवि सम्मेलन

काठमाडौँ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले देशलाई जनभावना अनुरुप विकास निर्माणमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपालको पर्यटन नगरी प्रर्वद्धन अभियान अन्र्तगत बुद्धबार फुल्चोकी डाँडामा आयोजित कवि तथा साहित्य महोत्सव कार्यक्रममा सो कुरा बताउनुभएको हो । पाँच पर्यटन नगरी महोत्सव समारोहलाई संबोधन गर्दै उहाँले विश्व कवि दिवसको अवसरलाई विकाश अभियान संगै अगाडि बढाउन पाउनु गौरवको कुरा भएको बताउनु भयो ।

नेपाल मण्डल पर्यटन नगरीका अध्यक्ष कृष्ण केसिको अगुवाईमा आयोजित सभामा अगुवा कवि तथा साहित्यकार तुलसी दिवसले भन्नुभयो, पहिले केन्द्रबाट कार्य योजना लाडिन्थ्यो ,आज जनस्तरबाट आएका विकासलाई राज्यले सम्बोधन गर्ने परम्परा जुरेको छ । नयाँ सहित्य क्षेत्रहरुको प्रवद्र्धन गर्दै अगाडि बढनुपर्ने अवधारणा आएको सो सभामा गजलकार ज्ञानुवाकर पौडेल, काव्य विभाग प्रमुख कमल गिरी,स्नेह सायमी,विष्णुविभु धिमिरे,विमल निभाःलगायतका कवि ० कवयित्रीहरुले आआफनो रचना प्रस्तुत गरिएको सो सभालाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले देशकै सबैभन्दा कान्छो तर सबै भन्दा ठुलो क्षेत्रफलको नगरपालिका ठुप्रै सम्भावना बोकेको नगर हो भन्नुभयो । उहाँले उपत्यकाकै सबैभन्दा अग्लो डाँडा माथिको फल्चोकीलाई पर्यटकिय प्रवद्र्धनको अभियानमा आफ््नो साथ रहने स्पष्ट पार्नुभयो ।

 

एक प्रश्नको जवाफमा पर्यटन नगरीका महासचिव पदम श्रेष्ठले उपत्यकाको चारैतिरको डाँडालाई पर्यटकिय अवधारणा अनुरुप प्रवद्र्धन गर्न अभियानले पाँचै नगरीमा बजेट विनियोजन गराउने र स्थानियको अग्राधिार सहितको विकास निर्माण ,प्राकृतिक संरक्षण लाई व्यापक बनाउँदै लाने लक्ष्य लिएको बताउँनु भयो । सभामा बजेटका लागि अधिकार सम्पन्न वागमति संम्पन्न संरक्षण अभियानमा जस्तै रक्सी,चुरोट,सवारी चलाएर ,उद्योग,घरभाडा वापत वातावरण संरक्षणार्थ ०१  प्रतिशत कर उठाउनुपर्नेमा जोड दिनु थियो ।

अनेक बुद्ध तथा अजिमाँहरुले दर्शन गरेको स्वयम्भू महाचैत्य (१४१० मी.): स्थलबाट शुरु भएको पर्यटर्न नगरी कवि सभामा

१) चन्द्रागिरी चम्पदेवी पर्यटन नगरी

२) फुल्चोकी लाँकुरी भञ्ज्याङ पर्यटन नगरी, लेले, शंखु

३) नगरकोट जरसिंहपौवा पर्यटन नगरी

४) शिवपुरी, ककनी पर्यटन नगरी

५) जामाचो यङकीदह पर्यटन नगरीलगायतका अभियानकर्ताहरुको सहभागिता थियो । फुल्चोकी लाँकुरीभञ्ज्याङग पर्यटन नगरीका संयोजक रविराज आचार्यको संयोजकत्वमा आयोजित सो सभाले फागुण,चैत्र,बैशाख तीन महिना आ आफनो क्षेत्रको प्रवद्र्धनाथ स्थानिय सहभागितामा पर्यटन महोत्सव आयोजना गर्दै जाने बताईएको थियो ।

Loading...