संस्कृति, पर्यटन तथा नागरिक उड््डयन मन्त्री रवीन्द्र अधिकारी द्वरा नेपाल वायुसेवा निगमको मंगलबार निरीक्षण

 

    

चैत्र ७ ,काठमाडौँ /संस्कृति, पर्यटन तथा नागरिक उड््डयन मन्त्री रवीन्द्र अधिकारीले नाफामूलक योजना, दक्षजनशक्ति, सुदृढ व्यवस्थापन र पर्याप्त विमान संचालन गरी निगमको गौरव प्रतिस्थापित गर्नुपर्दछ भन्नुभयो ।

नेपाल वायुसेवा निगमको मंगलबार निरीक्षण गर्नुहुँदै मन्त्री अधिकारीले निगमसँग आवद्ध प्रत्येक व्यक्तिले सामुहिक उत्तरदायित्वको अवधारणा लिई काम गरेमा नेपाल वायुसेवा निगम लक्ष्य प्राप्तिमा सफल हुने बताउनुभयो ।

उहाँले व्यापारिक संस्था भएको नाताले निगमले व्यावसायिक कुशलता अभिबृद्धि गर्नुका साथै सामाजिक सेवा तर्फ पनि समानान्तर रुपमा अघि बढ््ने सल्लाह दिँदै योजना बनाउने, त्यसलाई कार्यान्वयन गर्ने र प्रतिफल प्राप्त गर्ने कुरामा संलग्न जनशक्तिको ठूलो भूमिका रहन्छ भन्नुभयो ।

अहिले विश्वव्यापी रुपमा नै पाइलटहरुको कमी अनुभव भइरहेको सन्दर्भमा आफ्नै देशमा अधिकतम पाइलट उत्पादन गर्ने र यो पेशा आकर्षक हो भन्ने धारणा विस्तार गर्नु सामयिक आवश्यकता हो भन्नुहुँदै मन्त्री अधिकारीले विमानहरुलाई नियमित उडानमा लगाउन व्यवस्थापन बढी सक्रिय हुनुपर्दछ भन्नुभयो ।

उक्त अवसरमा निगमका महाप्रवन्धक सुगत रत्न कंसाकारले निगमसँग पर्याप्त विमान नहँुदा बजार अंशमा तीब्र बृद्धि गर्न नसकेको बताउँदै अहिले अन्तर्राष्ट्रिय अन्य विमान कम्पनीहरुले ९० प्रतिशत बजार अंश ओगटेकोमा हामीले १० प्रतिशतमा चित्त बुझाउनु परेको जानकारी गराउनु भयो ।
उहाँले मलेशियन एयरलाइन्सले आफ्ना ९ वटा गन्तव्यको ग्राउण्ड ह्याण्डलिङ्गको आकस्मिक निरीक्षण गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निगमले प्रदान गरेको ग्राउण्ड ह्याण्डलिङ्ग सेवा उत्कृष्ट रहेको जनाउँदै त्यसका लागि नेपाल वायुसेवा निगमले प्रशंशापत्र समेत पाएको जानकारी गराउनुभयो । उहाँले वर्तमान सरकारबाट निगम उत्साहित भएको बताउँदै निगमका तर्फबाट ठोस काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

Loading...