अन्ततः दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ

काठमाडौं, ६ चैत ।

दरबारमार्ग बलात्कार घटनाका मुख्य आरोपी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले २२ वर्षीय शैलेस कार्कीलाई दरबारमार्गबाटै पक्राउ गरेको हो।

रामेछाप दुरागाउँ-३ घर भई धुम्बाराही बस्ने शैलेशसहितको समूहले माघ पहिलो साता ल्याण्डमार्क होटलमा एक युवतीको बलात्कार गरेका थिए । तर, घटना मिलापत्रमा लुकाइएको थियो । घटनालगत्तै प्रहरीले उनीहरुको ब्यापक खोजि गरिरहेको थियो ।

बलात्कार जस्तो जघन्य अपराधको घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी तिलक, इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरी समेत कारबाहीमा परेका थिए।

गत माघ ७ मा काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरबारमार्ग बृत्त पुगेकी थिइन्। तर, बृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो।

Loading...