लागू औषध तस्करलाई मृत्युदण्ड दिइनुपर्ने पक्षमा उभिए डोनाल्ड ट्रम्प

एजेन्सी, ६ चैत ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू औषध तस्करलाई मृत्युदण्ड दिइनुपर्ने बताएका छन् । दुखाइ कम गर्ने पेनकिलर औषधिको दुव्र्यसनसम्बन्धी समस्यासँग जुध्ने योजनाअन्तर्गत उनले मृत्युदण्डको योजना अगाडि सारेका हुन् ।

ओपीओइड भनिने नशालु पदार्थसम्बन्धी समस्याबाट प्रभावित न्यू ह्याम्पशायर राज्यमा बोल्दै राष्ट्रपति ट्रम्पले लागुऔषध तस्करलाई मृत्युदण्ड दिने व्यवस्थाका लागि काम भैरहेको बताए ।

तर यसका लागि कडा राजनीतिक र न्यायिक प्रतिरोधको सामना गर्नुपर्ने उनको भनाई थियो । ट्रम्पको प्रस्तावप्रति अमेरिकी कंग्रेसका थुप्रै सदस्यहरूको विरोध छ ।

औषधि निर्माण कम्पनीहरूलाई जवाफदेही बनाइनुपर्नेमा जोड दिँदै राष्ट्रपति ट्रम्पले दुखाइ कम गर्ने औषधि धेरै कडा बनाउन नहुने बताए ।

अमेरिकामा यससम्बन्धी समस्याका कारण सन् २०१६ मा करिब ६३ हजार ६ सय मानिसको मृत्यु भएको थियो । अमेरिकामा करिब २४ लाख मानिस लागुऔषधको दुव्र्यसनी रहेको अनुमान छ ।

Loading...