बिदाको दिनमा सरकारी गाडी चलाय कारवाहीमा पर्ने

ग्रहले भन्यो ”सुचना दिनुस ”

 

 

५ चैत, काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक विदाको दिन सरकारी सवारी साधन अनुमति लिएर मात्र चलाउन पाउने बताएको छ ।
विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सोमबार सूचना जारि गर्दै सार्वजनिक बिदाका दिनमा सरकारी नम्बर प्लेटको सवारी साधन सरकारी कामकाजको सिलसिलामा प्रयोग गर्नु परेमा प्रयोजन खुलाइएको पास वा अधिकार प्राप्त निकाय वा पदाधिकारीको स्वीकृति लिएर मात्र प्रयोग गर्न मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गृह प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा सरकारी गाडीमा रातो नम्बर प्लेट  राखिएको भए तत्काल सरकारी नम्बर प्लेट नै राख्न पनि आग्रह गरिएको छ ।

मन्त्रालयले ०१–४२११२०८ र ०१–४२११२१४ नं मा जुनसुकै समयमा सरकारी सवारी साधनको दुरुपयोग सम्बन्धी सूचना एवं जानकारी उपलब्ध गराई दुरुपयोग गर्ने कार्य रोक्ने अभियानमा सहयोग गर्न सबैमा अपिलसमेत गरेको छ ।

Loading...