केहि दिनभित्र बन्दैछन् सर्बेन्द्र खनाल आइजीपी

काठमाडौँ, ५ चैत्र । आइजीपी प्रकाश अर्याले आगामी चैत २९ गतेबाट अनिवार्य अवकास पाउने भएपछि नेपाल प्रहरीमा नयाँ आइजीपी बन्नका लागि दौड सुरु भएको छ ।

उमेर हदका कारण आइजीपी अर्यालसँगै सबै एआईजीहरु विदा हुने भएको कारण हालका डीआइजीहरुमध्येबाट आइजीपी बनाउनु पर्ने हुन्छ । हालसम्मको कर्येकाल सेवा अवधिमा कुनै किसिमको भ्रष्टाचार लगाएतमा दाग नलागेको, कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अबको नया आइजीपीका लागि हालका १५ डिआइजीमध्ये बात चार जना अग्र पंतिमा योग्यको सूचीमा परेका हुन।

गृहमन्त्री रामबहादुर थापा बादल सक्षम र कविल आइजीपी बनाउनुपर्नेमा रहेको उनी निकट स्रोतको भनाइ छ । डनहरुलाई इन्काउन्टर गरेर चर्चामा आएका खनाल र कार्की, खरेल  विगतमा उत्कृष्ट काम गर्दा पनि सधै कमजोर मूल्यांकनमा पारिएका बस्नेत मध्येमा एकजनालाई अबका केही दिनमै एकजनालाई एआईजी बढुवा गर्ने र आइजीपीको जिम्मेवारी दिने तयारीमा सरकार रहेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको छिटो काम गर्न शैली र क्षमता भएका कारण चार मध्येबाट एक आइजीपी बनाइने स्रोतको भनाई छ । योग्यको सूचीमा परेका चारै डिआइजीको बिषयमा सत्तारुढ दलका नेताहरु देखिएका कारण कतिपयले विगतमा र अहिलेका डीआइजीहरुले गरेका कामको समीक्षा गर्दै जिम्मेवारी दिनुपर्ने तर्क समेत गर्न थालेका छन् ।

गृहले गरेको सवै ट्रयाक रेकर्ड अध्यनमा पहिलोदेखि तेस्रो बरियतामा रहेकासँगै बस्नेत पनि आइजीपीका लागि प्रमुख दावेदार देखिएका हुन । तर खनाल अबको प्रहरी प्रमुख हुने श्रोतले बतायो । राजनैतिक संरक्षण पाएका डनदेखि भित्रभित्रै ठगी धन्दा गर्नेहरूलाई घोक्रेठ्याँक लगाउने , नयाँ–नयाँ चुनौती रुचाउने खनाल निजी जीवनमा भने शान्त, सौम्य र शालिन ब्येक्तित्वोका रुपमा चिनिन्छन । कार्यक्षमताका आधारमा डीआइजी पदमा पहिलो नम्बरमा पर्नुभएपछी खनाल नया आइजीपीमा बढुवा हुने ढोका खोलेको हो ।

Loading...