सांसद् बनेका गुण्डा नाईके दिपक मनाङ्गेविरुद्ध रेड कर्नर नोटिस जारी

काठमाडौं, ४ चैत ।

प्रदेशसभा सांसद् बनेका गुण्डा नाईके दिपक मनाङे अर्थात् राजीव गुरु को नाममा रेड कर्नर नोटिस जारी भएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको पहलमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेको हो ।

यसअघि २ माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको थियो । त्यसयता उनी फरार छन् ।

फरार सूचीमा रहेका मनाङेबिरुद्ध महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको हो । योसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले मनाङेको खोजी गर्नेछन् ।  इन्टरपोलले मुख्यालयले गएको साता रेडकर्नर नोटिसमा राखेको जानकारी नेपाललाई दिएको छ ।

यसअघि फेब्रुअरी २२ मा नेपालले गुरुङको नाममा रेडकर्नर नोटिस जारी गर्न भन्दै कागजपत्र पठाए पनि इन्टरपोल मुख्यालयले अस्विकार गरेको थियो । उनको नाममा रेडकर्नर नोटिस जारी गर्न पत्र पठाउनुअगावै इन्टरपोल मुख्यालयमा उजुरी परेका कारण प्रहरीको पत्रलाई वेवास्ता गरिएको थियो । तर, नेपाल प्रहरीले फेरि गुरुङको अदालत फैसला र विगतको पृष्ठभूमि पठाएपछि इन्टरपोल मुख्यालयले गत साता सदर गरेको हो ।

अहिले उनको तीव्र खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको खोजी गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली परिचालन गरेको छ ।

यस्ताे छ मुद्दा ?

दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्ग्ेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो ।

सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको थियो ।

सर्वोच्चमा मनाङ्गेको तर्फबाट कुनै दाबी नै प्रस्तुत भएको थिएन । र, पुनरावेदनको समय सकिसकेकाले उनी जेल जानुको विकल्प नभएको न्यायाधीशको भनाइ छ ।

काठमाडौंको फैसलाबमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् । त्यसो भएमा उनले बाँकी समय कैद भुक्तान गर्नु पर्ने हुन्छ । गुण्डा नाईके मनाङे एमाले कार्यकर्ता हुन । पार्टीकै आडमा उनले बिभिन्न अपराधहरु गर्दै अाएका थिए ।

हिमाली जिल्ला मनाङको क्षेत्र नम्बर ख बाट प्रदेशसभा सदस्यमा मनाङे विजयी भएका थिए । एमाले जिल्ला पार्टीबाट सर्बसम्मत सिफारिस भएका मनाङेको चौतर्फी विरोध भएपछि केपी ओलीले उम्मेदवारबाट उनको नाम हटाएको घोषणा गरेका थिए । एमालेले उम्मेदवार बन्न नदिएपछि उनले स्वतन्त्रबाट उम्मेदवार दिएका थिए ।

मनाङेले बिजयी प्राप्त गरेपछि एमालेले उनलाई पुनः स्वागत गरेको थियो । तर अहिले रेड कर्नर नोटिस जारी भएपछि एमालेलार्इ झट्का लागेको छ । यसअघि किर्ते मुद्दामा कानुनबमोजिम सजाय पाउने निश्चित भएपछि नवराज सिलवालले प्रहरी डिअाइजीको जागरि छाेडरे एमाले प्रवेश गरेका थिए । उनिबिरुद्ध समेत प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो ।

तर ललितपुरबाट सांसद बनेका उनि एमाले अध्यक्ष केपीको संरक्षणमा छन । फरार सूचीमा नाम दर्ज भएका सिलवाललार्इ प्रहरीले समात्न सकेकाे छैन ।

Loading...