रहेनन् पूर्व प्रधानमन्त्री फान, ८५ वर्षको उमेरमा निधन

एजेन्सी, ४ चैत ।

भियतनामका पूर्व प्रधानमन्त्री फान भान खाईको ८५ वर्षको उमेरमा निधन भएको छ ।

केही दिनदेखि अस्वस्थ रहेका उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो । पदमा रहँदा उनले देशको अर्थतन्त्र सशक्तीकरणका लागि ठूलो योगदान दिएका थिए ।

उनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेका थिए । उनी दुई कार्यकालसम्म प्रधानमन्त्री बनेका थिए । 

Loading...