शिवमाया तुम्बाहाम्फे बनिन प्रतिनिधिसभाको उपसभामुख

काठमाडौं, २ चैत ।

प्रतिनिधिसभाको उपसभामुखमा एमाले सांसद शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् । उपसभामुख पदमा नेपाली कांग्रेसका पुष्पा भुसाल र नेकपा (एमाले)की शिवमाया तुम्बाहाङफेको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको हो ।

उपसभामुखमा निर्वाचित तुम्बाहाम्फेको पक्षमा २०१ मत परेको छ भने विपक्षमा ५८ मत खसेको छ । भुसाललाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो । तुम्बाहाङफेलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले प्रस्ताव प्रस्तुत गरेका थिए ।

Loading...