सुटिङ सेटमै अचानक ढले अमिचाभ, उपचारका लागि लगियो जोधपुर

काठमाडाैं । बलिउड अभिनेता अमिताभ बच्चन फिल्म शुटिङका क्रममा विरामी परेका छन्। आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दूस्तान’को शुटिङमा व्यस्त अमिताभ मंगलबार विहान अचानक शुटिङ सेटमै ढलेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार विहान ३ बजेसम्म शुटिङ गरेका अमिताभले ५ बजे आफ्नो ब्लगमार्फत स्वास्थ्य अवस्था विग्रिएको जानकारी गराएका थिए।

उनको उपचारका लागि मुम्बईबाट निजी चिकित्सक शुटिङस्थल जोधपुर पुगेको छ। उनको जोधपुरमा उपचार भइरहेको छ। चिकित्सकले उनको अवस्था सामान्य रहेको र केही दिन आराम गर्न सुझाव दिएका छन्।

यसअघि फिल्मकै शुटिङका लागि अमिताभ पुरै टिमका साथ थाइल्याण्ड गएका थिए। त्यहाँ अत्यधिक चिसोका कारण उनको स्वाथ्यमा असहजता देखिएको थियो । ‘ठग्स अफ हिन्दुस्तान’का अलावा अमिताभ बच्चन ‘१०२ नट आउट’को शुटिङ पनि गरिरहेका छन्।

Loading...