प्रेस स्वतन्त्रताको रक्षा गर्न केपी ओलीलार्इ आग्रह, क्रान्तिकारी पत्रकारको नवलपरासीमा शाखा विस्तार

नवलपरासी, २९ फागुन । क्रान्तिकारी पत्रकार संगठन नेपाल नवलपरासीको दाेस्राे जिल्ला सम्मेलन सम्पन्न भएकाे छ ।

नवलपरासीकाे भूमहीमा सम्पन्न भएकाे सम्मेलनबाट शिव डुम्रेकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएकाे छ । सम्मेलनले सचिवमा प्रतिक्षा उपाध्याय सदस्यहरु धनिराम चौधरी नैना क्षत्री, शिद्धिचरण गुप्ता, विकास आचार्य, अस्मीता गैरेलार्इ चयन गरेकाे छ ।

सम्मेलनमा बाेल्दै संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल संयाेजक प्रकाश डुम्रेले राज्य मिडियाप्रति अत्यतै गैरजिम्मेवार र अनुदार भइरहेकाे बताए । मानिसकाे अास्था र विचारमाथि नै राज्यले दमन गर्न थालेकाे भन्दै वर्तमान सरकारलार्इ संविधानका माैलिक अधिकारकाे रक्षा गर्न अाग्रह गरे । उनले अास्था र विचार राखेका अाधारमा पत्रकारमाथि धरपकड गर्ने कार्य बन्द गर्न अाग्रह गरे । पत्रकारहरुले स्वतन्त्र रुपमा कलम चलाउन पाउनुपर्ने भन्दै प्रमुख अथिति समेत रहेका डुम्रेले प्रधानमन्त्री केपी अाेली र उनी नेतृत्वकाे सरकारलार्इ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकाे सम्मान गर्न माग गरे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नवलपरासीका जिल्ला ईन्चार्ज सुमन ज्ञवाली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुृरुषोत्तम सुवेदी, नेपाल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष हरि शर्मा, वरिष्ठ पत्रकार डा. शिवसंकर वस्याल, प्रेस चौतारीका जिल्ला अध्यक्ष्य केशव पराजुली लगायतले अाअाफ्ना धारणा राखेका थिए ।

त्यसैगरी अाजै बिहान भक्तपुरमा पनि क्रान्तिकारी पत्रकारकाे शाखा विस्तार भएकाे छ । भक्तपुरकाे काैशलटारमा भएकाे संगठनकाे सम्मेलनबाट ११ सदस्यीय कार्यसमिति चयन भएकाे छ । सम्मेलनले अध्यक्षमा रामजी भुसाल उपाध्यक्षमा सन्तोष बलम्पाकी , सचिवमा अमृत पाण्डे, सहसचिवमा कमल थापा, कोषाध्यक्षमा कमला भुसाललार्इ चयन गरेकाे छ । 

सम्मेलनमा बाेल्दै संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले वर्गीय समाजमा पत्रकारिता स्वतन्त्र नहुने बताए । शासक वर्ग, अार्थिक र राजनीतिक शक्तिका वरिपरि मात्र घुम्ने र तिनले नै दिएकाे सेवा सुविधामा पत्रकारितालार्इ सीमित गर्ने प्रवृति पछिल्लाे समय बढेकाे उनले बताए । उनले एउटा खालकाे पत्रकारिताले जसले शासन गर्छन तिनैलार्इ मात्र शासन गरिरहुन भन्ने चाहेकाे र उनीहरुलार्इ नै बलियाे बनाउन मलजल गर्ने पत्रकारिताका विरुद्ध अब जनताका जीवन र उनका जीवनसँग जाेडिएकाे पत्रकारिता विकास गर्नुपर्ने बताए । उनले नेपालमा पट्यारलाग्दाे राजनीतिक अस्थिरताबाट जनता मुक्त हुन चाहेेकाे बताउँदै मानिसका मनमनमा रहेकाे त्याे कुरामाथि अब प्रयाप्त बहस पत्रकारिताले गर्नुपर्ने बताए । नागरिकका मनमा रहेका कुराहरु बाहिर ल्याउने, ती साेच र विचारमाथि प्रयाप्त बहस गराएर उत्कृष्ट विचारकाे विकासमा मिडियाले भूमिका खेल्नुपर्ने बताउँदै पुरानाे शासकीय मनाेवृतिलार्इ जाेगाउने र जनताकाे अावाजलार्इ दबाउने काम मिडियाले कदापी गर्न नहुने उनकाे जाेड थियाे । 

सम्मेलनमा बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी कुशल बोगटीले मिडिया जनपक्षीय नहुन्जेल जनताको पक्षमा लड्नेहरुको कुरा जनताले थाहा नपाउने भन्दै जनपक्षीय पत्रकारले क्रान्तिलाई जनतासंग जोड्नुपर्ने जिकिर गरे । बोगटीले जनताको पक्षमा लेख्ने र बोल्ने पत्रकारको सुरक्षा नेकपाले गर्ने दावी गर्दै निडर भएर जनपक्षीय पत्रकारीतामा लाग्न समेत अपील गरे ।

त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यसमेत रहेका संगठनका उपत्यका इन्चार्ज जन्मदेव जैशीले परिवर्तन बिना जनताको मुक्ति सम्भव नभएको भन्दै परिवर्तनकारी बिचारलाई बुलन्द गर्न पत्रकारहरु एकजुट हुनुपरेको जिकिर गरे । कार्यक्रम संगठनका केन्द्रिय सदस्य बाबुराम भुसालले संचालन गरेका थिए ।

क्रान्तिकारी पत्रकार संगठन, नेपालले अागामी बैशाख १५ र १६ गते राष्ट्रिय सम्मेलन गर्दैछ । साेही क्रममा देशव्यापी संगठन विस्तार अभियानमा जुटेकाे संगठनले जनाएकाे छ । 

Loading...