दुर्घटनापछि बंगलादेशबाट नेपालमा टेलिफोन सेवा निशुल्क

काठमाडाैं । सोमवार त्रिभुवन बिमनस्थलमा ४९ जनाको ज्यान जानेगरी भएको बिमान दुर्घटनापछि नेपाल र बंगलादेश शोकमा डुबेको छ ।

यस शोकको घडीमा आफन्तहरुलाई दुर्घटनाको विवरण बुझ्न सजिलो होस भन्ने उदेश्यले बंगलादेशको एक टेलीफोन प्रदायक सस्थाले नेपाल फोन निशुल्क गराएको छ । त्यहाको ग्रामीण टेलीफोनले सेवा निशुल्क गराएको हो ।

उक्त टेलीफोन सेवा प्रदायक सस्थाले राहत स्वरुप बुधबार सम्मको लागि निशुल्क फोन सेवा उपलब्ध गराएको ढाका बाट हाम्रा प्रतिनिधि नविन यादवले इभक्तपुरलाई जानकारी गराएका छन् ।

साथै यादवले त्यहाँस्थित बिभिन्न संघसंगठनका साथै विद्यार्थीहरुले दुर्घटनामा निधन भएकाहरु प्रति श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको समेत जानकारी गराए ।

Loading...