बोक्सी भन्दै यातना दिनेहरुको मतियार मेयर मायाप्रसाद माथि गोली प्रहार

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली हानिएको छ । अहिले अन्दाजी ८ बजेको समयमा उनीमाथि गोली हानिएको हो ।

सुख्खड बजारमा रहेको उनको घरमै गएर अज्ञात व्यक्तिहरुले उनीमाथि गोली प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार चौधरीको कम्मर र खुट्टामा गोली लागेको तथा टाउकोमा खुकुरीको गहिरो चोट देखिएको छ ।

स्थानीय घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि उनलाई नेपालगंज रिफर गरिएको छ ।

मेयर मायाप्रसाद चौधरी बोक्सी भन्दै कक्षा ११ पढ्ने छात्रा राधा चौधरीलाई यातना दिदा रमिते बनेर बिबादित बनेका थिए भने संचारकर्मीसंगको कुराकानीमा समेत गम्भीर बिषयमा हल्का ढंगमा प्रस्तुत भएर आलोचित बनेका थिए । उनीमाथि देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिदा घटनालाई गुपचुप बनाउन खोजेको र पीडकलाई प्रहरीबाट छुटाएको आरोप लागेको छ ।

गोली हान्ने व्यक्तिहरुको पहिचान नभएको र आफुहरुले खोजी कार्य तीब्र बनाएको प्रहरीले भनेको छ ।

Loading...