जल्दा जल्दै उद्धार गरी केएमसी पुर्याइएका ९ जनाको मृत्यु

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानबाट उद्धार गरिएका मध्ये ९ जनाको अस्पतालमै निधन भएको छ ।

बंगलादेशको ढाकाबाट काठमाडौ आउँदै गरेको युएस बंगला विमान त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्नै लाग्दा अनियन्त्रित भइ धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । दुर्घटना हुनेबित्तिकै ठूलो आगोको मुस्लोका साथ जलिरहेको विमानबाट दुई दर्जनभन्दा बढी यात्रुलाई जिवितै उद्धार गरिएको थियो । त्यसमध्ये गम्भीर घाइते भएका ९ जनाको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा निधन भएको हो ।

यससँगै मृत्यु हुनेको संख्या ४९ पुगेको छ । उद्धार गरिएका बाँकी यात्रुहरुको केएमसी र नर्भिक अस्पतालमा उपचार भइरहेको छ । केएमसी अस्पतालमा पिन्ची धामी र समिना ब्यान्जनकारसहित ३ जनाको आईसीयूमा उपचार भइरहेको बताइएको छ । त्यसैगरी धिरेन्द्र सिंह पुजनाको अर्थो वार्डमा उपचार भइरहेको । केएमसी अस्पताल पुर्‍याइएका मध्ये किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्रकार र केशव पाण्डेलाई अन्य अस्पताल रिफर गरिएको थियो । त्यसमध्ये तीन जनालाई ग्रान्डी इन्टरनेशल अस्पतालमा लगिएको छ ।

विमानमा ४ जना चालक दलका सदस्य र ७१ जना यात्रु रहेका थिए । विमानमा ३३ जना नेपाली र बाँकी विदेशी नागरिक रहेको खुलेको छ । घटनाको थप विवरण अझै आउन बाँकी छ ।

Loading...