विमान दुर्घटनामा परी मृत्यु भएका २० को शव निकालियो, १२ जिवितै उद्धार

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा यूएस बङ्लाको विमान दुर्घटना हुँदा अहिलेसम्म २० जनाको शव निकालिएको छ । चालक दलका सदस्यसहित ७६ जना यात्रु बोकेर ढाकाबाट आएको विमान त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

विमान अनियन्त्रित भएर विमानस्थलमा अवतरण गर्नै लागेका बेला चिप्लिएिर धावनमार्गबाट बाहिर गएको थियो । दुर्घटनाग्रस्त विमानबाट १२ जना यात्रुलाई उद्धार गरिएको छ । बाँकी उद्धार कार्य जारी रहेको त्रिभुवन अन्तराष्टिय विमानस्थलका प्रवक्ता प्रेम ठाकुरले जानकारी दिएका छन् ।

विमानबाट निकालिएका शवहरु रनवेमा राखिएको छ। उद्धार गरिएका घाइतेहरुलाई सिनामंगलमा रहेको केएमसी अस्पतालमा र नर्भिक अस्पताल थापाथलीमा लगिएको छ ।

घाइते मध्ये केहीको अवस्था निकै गम्भीर रहेको छ । दुर्घटनाका कारण अहिले त्रिभुवन विमानस्थलबाट बाहिर जाने र अवतरण गर्ने सबै उडानहरु रोकिएका छन् । 

Loading...